काठमाडौं। सुनको मूल्य सोमबार प्रति तोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा स्थिर छ। गत शुक्रबारका तुलनामा साताको पहिलो दिन ७ सय रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो।
गत बुधबार मूल्य घटेर प्रति तोला २ लाख ३६ हजार ३ सय मा आइपुगेको सुन बिहीबार स्थिर थियो भने शुक्रबार २ हजार ७ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। बढोत्तरीले निरन्तरता पाउँदा साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ महँगिएको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रति तोला ३ हजार ६० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारका तुलनामा ५ रुपैयाँ घट्दा आइतबार तोलाको ३ हजार ५५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रति औंस ४००६.७४ डलर र चाँदी प्रति औंस ४८.८१ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रति औंस ४००२.९३ डलर र चाँदी ४८.६८ डलर थियो।