BIZMANDU
www.bizmandu.com

जापान मोबिलिटी एक्स्पोमा ५०० भन्दा धेरै ब्रान्डको सहभागिता, के के छन् नयाँ?

२०८२ कात्तिक १६

जापान मोबिलिटी एक्स्पोमा ५०० भन्दा धेरै ब्रान्डको सहभागिता, के के छन् नयाँ?
जापान मोबिलिटी एक्स्पोमा ५०० भन्दा धेरै ब्रान्डको सहभागिता, के के छन् नयाँ?

काठमाडौं। जापान मोबिलिटी एक्स्पो मा ५०० भन्दा धेरै कम्पनीले सहभागिता जनाएका छन्। जापानको टोकियोमा गत बिहिबारदेखि भइरहेको एक्स्पोमा स्थानीय र विदेशी गरी ५०० भन्दा धेरै कम्पनीले सहभागिता जनाएका हुन्।

Tata
GBIME
Nepal Life

आयोजक जापान अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनका अनुसार जापान बाहिरका कम्पनी ४२ वटा छन्। यो संख्या सन् २०२३ को भन्दा दोब्बर हो।

प्यासेन्जर सेगमेन्टमा सुजुकी, सुबारु, सेन्चुरी, डाइह्यात्सु, टोयोटा, निसान, होन्डा, माज्दा, मित्सुबिसी, लेक्सस, बीएमडब्लू, बीवाइडी, हुन्डाई, मिनी र मर्सिडिज जस्ता ब्रान्डले सहभागिता जनाएका छन्।

यस्तै सुजुकी, होन्डा, यामाहा जस्ता दुई पाङ्ग्रे बान्डको सहभागिता छ। कमर्सियलमा इसुजु, हिनो, मित्सुबिसी, युडी ट्रक, किया, एएसएफ र बीवाइडी छ्न्। भेहिकल बडीहरुमा जापन अटो बडी इन्डस्ट्रिज एसोसिएस इंक र हानामिदाइ अटो कम्पनी छन्।

एक्स्पोमा जापनिज ब्रान्ड होन्डाले आफ्नो क्युट मिनी कार सुपर एनको प्रोटोटाइप देखाएको छ। यो गाडी २०२६ मा बेलायती बजारमा जाने भनिएको छ।

एक्स्पोमा होन्डाले आफ्नो ० सिरिजका कन्सेप्ट कार देखाएको छ। होन्डाले जेरो सिरिजमा ० अल्फा र जेरो एसयूभी मोडल देखाएको छ। जुन २०२७ मा बजारमा आउनेछन्।

सुजुकीको फ्रन्क्स फ्लेक्स फ्युल कार पनि मोबिलिटी एक्स्पोमा देखिएको छ। यसअघि यसको पेट्रोल फ्युल भेरियन्ट नेपालीमा बजारमा पनि आइसकेको छ। फ्लेक्स फ्युलमा ८५ प्रतिशत इथानोल ब्लेन्ड गरेर चलाउन सकिने यो गाडी बजारमा आउन भने समय लाग्नेछ। अहिले भारतमा २० प्रतिशत मात्रै इथानोल मिसाइएको फ्युल गाडी प्रयोगमाछ।

सुजुकीको भिक्टोरिस सीबीजी (कम्प्रेस्ड बायोमिथेन ग्यास) भेरियन्ट पनि मोबिलिटी एक्स्पोमा देखिएको छ। कम्पनीले सीएनजीको विकल्पमा ग्रिनर फ्युलमा काम गरिरहेको छ। यसलाई कम्पनीले २०२२ देखि विकास गरिरहेको थियो।

मारुती ई भिटारा जापानमा पहिलो पटक देखाइएको छ। भारतमा बनेको यो गाडी नेपाली बजारमा नाडा अटो शोबाट इन्ट्री गरेको थियो। भारतमा बनेको मारुती जिम्नी नोम्याड मोडल पनि एक्स्पोमा देखिएको छ।

यसैगरी, चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीले पनि नयाँ मोडल राको मिनी कार देखाएको छ। यो जापानका लागि मात्रै तयार पारिएको हो। जसमा २० किलोवाट आवर(युनिट) क्षमताको ब्लेड ब्याट्री हालिएको छ। यसले फुल चार्जमा १८० किलोमिटर रेन्ज प्रदान गर्छ।

यसबाहेक नेपालीमा बजारमा देखिएका जस्तै कार डिस्प्ले गरिएको छ। बीवाइडीले १३ वटा प्यासेन्जर र कमर्सियल गाडी देखाएको छ।

टोयोटाले नयाँ गाडी बोनस बेबी ल्यान्ड क्रुजर देखाएको छ। जसलाई कम्पनीले ल्यान्ड क्रुजर एफजे कन्सेप्टमा ल्याएको हो। ल्यान्ड क्रुजर स्मल भर्सनमा तयार पारिएको छ। टोयोटाले नयाँ कोरोला कन्सेप्ट कार पनि देखाएको छ।

टोयोटा मोटर कर्पोरेसनले नयाँ सेन्चुरी मोडलको गाडी पनि देखाएको छ। साथै यसको अर्डर पनि लिन थालिएको छ। यसलाई टोयोटाको प्रिमियम कारका रुपमा ल्याइएको छ। जसले पश्चिमा लक्जरी ब्रान्डलाई डोमिनेट गर्ने ठानिएको छ।

सुबारुले दुई वटा मोडलको एसटीआई कन्सेप्ट देखाएको छ।

निसानले पनि आफ्नो नयाँ कटिङ एज डिजाइन भएको भेहिकल देखाएको छ। कम्पनीले फोर्थ जेनेरेसनको इलग्रान्ड, लिफ र प्याटोल मोडल देखाएको हो। यस्तै एक्सट्रेल रक क्रिक, आरिया, फियरलेडी जेड, स्काइलाइन ४००आर लिमिटेड एडिसन, रुक्स र एन७ मिक्रा डिस्प्लेमा राखिएका छन्।

एक्स्पोमा माज्दाले भिजन एक्स कुपे र कम्प्याक्ट एसयूभी देखाएको छ। हुन्डाईले अल न्यु नेक्सो हाइड्रोजन फ्युल कार शोकेस गरेको छ। यस्तै आयोनिक ५ र इन्स्टर ओआईडी मोडल पनि देखाइएको छ।

बीएमडब्लूले न्यु क्लासी मोडलको आईएक्स ३, हाइड्ररोजन फ्युल सेल प्रविधि, मिनी पल स्मिथ एडिसन, स्पेसल एडिसनको बीएमडब्लू एम२ सीएस र बीएमडब्लू कन्सेप्ट स्पिडटप कार डिस्प्ले गरेको छ।

मर्सिडिजले कन्सेप्ट कारका रुपमा एएमजी जीटी एक्सएक्स मोडल देखाएको छ। यसलाई कम्पनीले इलेक्ट्रिक आर्किटेक्चरमा निर्माण गरेको हो।

यस्तै जापान प्रिमियर अल न्यु इलेक्ट्रिक सीएलए र जीएलसी मोडल पनि देखाइएको छ। मर्सिडिज बेन्ज भिजन भी पनि एक्स्पोमा राखिएको छ।

होन्डाले दुई पाङ्ग्रेमा सुपर क्युब ११० लाइट र डिओ स्कुटर ११० लाइट देखाएको छ। यस्तै सीबी१००० एफ र एफसीई पनि डिस्प्ले गरिएको छ। कम्पनीले युनी वान, मोटोकम्पाक्टो, स्टेरिमो जस्ता नयाँ प्रविधि पनि देखाएको छ।

एक्स्पो नोभेम्बर ९ सम्म चल्नेछ।