काठमाडौं। सुनको फेरि उकालो लाग्न थालेको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ३९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
गत मंगलबार तोलाको २ लाख ३७ हजार रहेको सुनको कारोबार मूल्यमा ७ सय रुपैयाँ घटेर बुधबार र बिहीबार प्रति तोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा स्थिर थियो।
शुक्रबार सुन २ हजार ७ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला २ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। यो साताको पहिलो दिन पुनः बढेर कारोबार मूल्य कायम भएको हो। लगातार उच्चको कीर्तिमान बनाउँदै कारोबार मूल्य चालु महिनाको प्रारम्भमा तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन त्यसयता घट्न सुरु भएको थियो।
चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रति तोला ३ हजार ५५ रुपैयाँ कायम भएको छ। शुक्रबार बढेर प्रति तोला २ हजार ६० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४००२.९३ डलर र चाँदी प्रतिऔंस ४८.६८ डलर छ।