BIZMANDU
www.bizmandu.com

नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुँदै, ४ विश्वविद्यालय सहभागी हुने

२०८२ कात्तिक १५

नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुँदै, ४ विश्वविद्यालय सहभागी हुने
नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुँदै, ४ विश्वविद्यालय सहभागी हुने

काठमाडौं। नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ। नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान-केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ। ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताए।

करिब ५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ४ वटा कोरियाली विश्वविद्यालयहरू डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालका प्रतिनिधि र ४० वटा शैक्षिक परामर्श दातृ संस्थाहरूको सहभागिता रहनेछ। रासस