BIZMANDU
www.bizmandu.com

म्याट रसको राजीनामा पछि हरि खड्का बने नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक

२०८२ कात्तिक १४

म्याट रसको राजीनामा पछि हरि खड्का बने नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक
म्याट रसको राजीनामा पछि हरि खड्का बने नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं। हरि खड्का नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले शुक्रबार खड्कालाई नियुक्त गरे।

Tata
GBIME
Nepal Life

यसअघि नेपाली टोलीको प्रशिक्षकमा प्रो लाइसेन्सप्राप्त अस्ट्रेलियन नागरिक म्याट रस प्रशिक्षक थिए। उनले राजीनामा पठाएसँगै एन्फाले खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

नेपाली राष्ट्रिय टोलीका लागि निराजन रायमाझी र अञ्जन विष्टसँगै सर्वाधिक गोलकर्ता रहेका नेपाली टोलीका पूर्वकप्तान खड्काले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण पनि सम्हालिसकेका छन्।

यसबाहेक खड्का नक्कली प्रमाणपत्र सम्बन्धी मुद्धाका दोषी हुन्। नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि उनले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर विशेष अदालतले २०७८ फागुनमा गरेको थियो। प्रमाण पत्रमा विवाद आएपछि नै उनले नेपाल प्रहरीबाट राजीनामा दिएका थिए।

एन्फाले एएफसी एसियन कप छनोटका लागि खड्कालाई नियुक्त गरेको जनाएको छ।