BIZMANDU
www.bizmandu.com

उद्योगीको मनोबल बढाउने गृहमन्त्रीको निर्णय, जिल्ला सुरक्षा समितिमा व्यवसायीको प्रतिनिधित्व

२०८२ कात्तिक १३

उद्योगीको मनोबल बढाउने गृहमन्त्रीको निर्णय, जिल्ला सुरक्षा समितिमा व्यवसायीको प्रतिनिधित्व
उद्योगीको मनोबल बढाउने गृहमन्त्रीको निर्णय, जिल्ला सुरक्षा समितिमा व्यवसायीको प्रतिनिधित्व


काठमाडौं। सरकारले जिल्ला सुरक्षा समितिको बैठकमा उद्योगी व्यवसायीलाई पनि सहभागी गराउने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

गृहमन्त्री ओमप्रकाश अर्यालले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिको बैठकमा उद्योग वाणिज्य संघका प्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेका हुन्।

मन्त्री अर्यालको निर्णय अनुसार गृह मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण व्यवसायीको मनोबल खस्किएको अवस्थामा जिल्ला सुरक्षा समितिमा सम्बन्धित उद्योग वाणिज्य संघका प्रतिनिधिलाई सहभागी गराउन कात्तिक २ गते गृहमन्त्री अर्याललाई पत्र लेखेको थियो।

महासंघले आफ्नो आग्रह अनुसार निर्णय गरेको भन्दै गृह मन्त्रालयप्रति आभार व्यक्त गरेको छ। ‘यस निर्णयबाट व्यवसायीको मनोबल बढन गइ अर्थतन्त्र चलायमान हुने विश्वास हामीले लिएका छौ,’ महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौं।’

सरकारको निर्णयले व्यावसायिक मनोबल बढाउन सहयोग पुग्ने महासंघको विश्वास छ।