BIZMANDU
www.bizmandu.com

ओरालो लागेको सुनको मूल्य आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो

२०८२ कात्तिक १३

ओरालो लागेको सुनको मूल्य आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो
ओरालो लागेको सुनको मूल्य आज स्थिर, चाँदी भने तोलामा १५ रुपैयाँ बढ्यो

काठमाडौं। ओरालो लागेको सुनको मूल्य बिहीबार स्थिर छ। बुधबार सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रति तोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME
Nepal Life

मंगलबार सुन प्रति तोला २ लाख ३७ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य लगातार बढ्न थालेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला २ हजार ९८० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदी तोलामा ४५ रुपैयाँ बढ्दा प्रति तोला २ हजार ९६५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार सामान्य घटबढ भइरहेको छ। सुन प्रति औंस ३९६४.४४ डलर छ। चाँदी प्रति औंस ४७.५७ डलरमा कारोबार भइरहेको छ।