BIZMANDU
www.bizmandu.com

‘एक्सक्लूसिभ क्लब’मा प्रवेश गर्‍यो एप्पल, बन्यो ४ ट्रिलियन अमेरिकी डलरको कम्पनी

२०८२ कात्तिक १२

‘एक्सक्लूसिभ क्लब’मा प्रवेश गर्‍यो एप्पल, बन्यो ४ ट्रिलियन अमेरिकी डलरको कम्पनी
‘एक्सक्लूसिभ क्लब’मा प्रवेश गर्‍यो एप्पल, बन्यो ४ ट्रिलियन अमेरिकी डलरको कम्पनी

अमेरिकी टेक जायन्ट एप्पल एक्सक्लूसिभ क्लबमा प्रवेश गरेको छ। बजार मूल्य ४ ट्रिलियन अमेरिकी डलर पार गरेर एप्पलले थौरै कम्पनीले मात्र पाएको सफलता पाएको हो।

Tata
GBIME
Nepal Life

यो वर्ष निभडिया र माइक्रोसफ्टले यो क्लबमा प्रवेश गरेका थिए। पछिल्लो समय आइफोन १७ सिरिजले बजारमा बलियो पकड जमाउँदै एप्पलको सेयर पनि बढ्न थालेको छ। चीनमा समेत आइफोनको बिक्री राम्रो हुँदा यसको फाइदा कम्पनीलाई भएको छ।

यो वर्षको सुरुवातमा एप्पलको सेयर मूल्य ओरालो लागेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र एआई प्रडक्ट ढिला हुँदा यसको असर कम्पनीलाई परेको थियो। अप्रिलमा एउटा ट्रेडिङ डेमा मात्रै एप्पलले ३१० बिलियन अमेरिकी डलर गुमाएको थियो।

आइफोन १७ रिलिज गरेपछि भने कम्पनीले बजारमा ‘रिबाउन्ड’ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। यो वर्ष एप्पलको सेयर ७ प्रतिशतले मात्र बढेको छ। त्यसैले अझै प्रगति गर्न बजारमा थप पकड जमाउनुपर्ने अवस्था रहेको विश्लेषण पनि गरिएको छ।