BIZMANDU
www.bizmandu.com

कुमारी बैंकले निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण गर्‍यो छात्रवृत्ति रकम

२०८२ कात्तिक १२

कुमारी बैंकले निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण गर्‍यो छात्रवृत्ति रकम
कुमारी बैंकले निवर्तमान ‘कुमारी’ तृष्णा शाक्यलाई हस्तान्तरण गर्‍यो छात्रवृत्ति रकम

काठमाडौं। कुमारी बैंकले जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान)लाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनी कुमारी घरमा बसेको वर्षदेखि हरेक वर्ष एक लाख रुपैयाँको दरले छात्रवृत्ति स्वरुप कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको जनाएको छ।

बैंकका अनुसार यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो। सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारी शाक्यलाई हस्तान्तरण गरेको जानकारी दिएको छ।