BIZMANDU
www.bizmandu.com

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ, आर्थिक हिनामिनाको आरोप

२०८२ कात्तिक ११

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ, आर्थिक हिनामिनाको आरोप
एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ, आर्थिक हिनामिनाको आरोप

काठमाडौं। पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। भट्टचन नेकपा (एमाले) का निवर्तमान सांसद हुन्।

Tata
GBIME

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार प्रभु म्यानेजमेन्टको आर्थिक हिनामिना प्रकरण अनुसन्धानका क्रममा उनी समातिएका हुन्।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको हो। बुधबार अदालत उपस्थित गराउने तयारी प्रहरीको छ।