BIZMANDU
www.bizmandu.com

राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीसहित गौरीघाट पुगेर गरे छठी माताको पूजा आराधना

२०८२ कात्तिक १०

राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीसहित गौरीघाट पुगेर गरे छठी माताको पूजा आराधना
राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीसहित गौरीघाट पुगेर गरे छठी माताको पूजा आराधना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका हुन्। उनी पत्नी सवितासहित गौरीघाट पुगेका थिए।

पौडेललाई गौरीघाटमा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशामान संगत लगायतले स्वागत गरेका थिए।