BIZMANDU
www.bizmandu.com

चौतर्फी विरोधपछि मन्त्री बन्नेको सूचीबाट खगेन्द्रको नाम कटौती, सुधा र बब्लुलाई मात्र शपथ गराइने

२०८२ कात्तिक ९

चौतर्फी विरोधपछि मन्त्री बन्नेको सूचीबाट खगेन्द्रको नाम कटौती, सुधा र बब्लुलाई मात्र शपथ गराइने
चौतर्फी विरोधपछि मन्त्री बन्नेको सूचीबाट खगेन्द्रको नाम कटौती, सुधा र बब्लुलाई मात्र शपथ गराइने

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई मन्त्री नबनाउने भएकी छन्। खगेन्द्र दुई वटा मुद्दाका फरार अभियुक्त भएको सार्वजनिक भएपछि उनलाई प्रधानमन्त्री कार्कीले मन्त्री बनाउनेको सूचीबाट हटाएकी हुन्।

Tata
GBIME
Nepal Life

कार्कीले यसअघि खगेन्द्रको नाम शीतल निवास पठाइसकेको थिइन्। खगेन्द्र विद्युतीय कारोबार र चिकित्सकमाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोड मुद्दामा फरार अभियुक्त भएको बाहिरिएपछि उनलाई मन्त्री बनाउन लागेकामा सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।

त्यसपछि प्रधानमन्त्री कार्कीले मन्त्रीहरुसँग छलफल गरेर उनको नाम मन्त्री बनाउनेको सूचीबाट हटाएकी हुन्। शीतल निवासमा खगेन्द्रलाई मन्त्री नियुक्त नगर्ने जानकारी पुगिसकेको छ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आइतबार सुधा शर्मा र बब्लु गुप्ता मात्र मन्त्री नियुक्त हुनेछन्। गणपतिलाल श्रेष्ठको नाम पनि प्रस्तावित मन्त्रीको सूचीबाट हटाएको स्रोतले बतायो।

‘आज दुई जनाको मात्र शपथ हुनेछ। खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम हटाइएको छ,’ स्रोतले भन्यो।