BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको अध्यक्षमा पौडेल, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त

२०८२ कात्तिक ९

सानिमा बैंकको अध्यक्षमा पौडेल, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त
सानिमा बैंकको अध्यक्षमा पौडेल, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त

काठमाडौं। सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन्। बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो।

Tata
GBIME
Nepal Life

पौडेल बैंकको कात्तिक २ गते सम्पन्न २१औं साधारण सभाबाट चार वर्षका लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए। साधारण सभाबाट बलराम पराजुली र निशा कुम्पाख पनि सञ्चालकमा छानिएका थिए।

बैंकको चालु आर्थिक वर्षको लेखा परीक्षण गर्न एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त भएको छ।