BIZMANDU
www.bizmandu.com

चीनको यिचाङमा संचालनमा आयो विद्युतीय पानीजहाज, ५०० किलोमिटर यात्रा गर्न सक्ने

२०८२ कात्तिक ७

चीनको यिचाङमा संचालनमा आयो विद्युतीय पानीजहाज, ५०० किलोमिटर यात्रा गर्न सक्ने
चीनको यिचाङमा संचालनमा आयो विद्युतीय पानीजहाज, ५०० किलोमिटर यात्रा गर्न सक्ने

चीनको सबैभन्दा ठूलो पूर्ण विद्युतीय बल्क क्यारियर बिहीबार मध्य चीनको हुबेई प्रान्तको यिचाङमा संचालनमा आएको छ। सामान ओसारपसार गर्ने सो पानीजहाजले चीनको हरित र ‘इन्टेलिजेन्ट’ ढुवानी क्षेत्रमा महत्त्वपूर्ण कोसेढुंगा स्थापित गरेको स्थानीय संचारमाध्यमले उल्लेख षरेका छन्।

Tata
GBIME
Nepal Life

करिब १३० मिटर लामो यस जहाजको अधिकतम भार क्षमता १३ हजार टन भन्दा बढी छ। यसले ५०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यो १२ वटा लिथियम ब्याट्री पावर युनिटले सुसज्जित छ। जसले कुल २४,००० किलोवाट घण्टा ऊर्जा क्षमता प्रदान गर्दछ। यसमा छिटो ब्याट्री बदल्ने सुविधा पनि छ।

यो जहाजले वार्षिक रूपमा लगभग ६१७ टन इन्धन बचत गर्ने र वार्षिक कार्बनडाइअक्साइड उत्सर्जनमा २ हजार ५२ टनले कटौती गर्ने अपेक्षा गरिएको छ।