BIZMANDU
www.bizmandu.com

रानीपोखरीको बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाउन पुग्नेको घुइँचो (तस्विरहरु)

२०८२ कात्तिक ६

रानीपोखरीको बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाउन पुग्नेको घुइँचो (तस्विरहरु)
रानीपोखरीको बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाउन पुग्नेको घुइँचो (तस्विरहरु)

काठमाडौं । आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

Tata
GBIME
Nepal Life

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। आज बिहानै देखि यहाँ मानिसको घुइँचो छ।