BIZMANDU
www.bizmandu.com

लक्ष्मीपूजाको साँझ हाँसिरहेको छ हिमाल, कीर्तिपुरबाट देखिएको दृश्य

२०८२ कात्तिक ३

लक्ष्मीपूजाको साँझ हाँसिरहेको छ हिमाल, कीर्तिपुरबाट देखिएको दृश्य
लक्ष्मीपूजाको साँझ हाँसिरहेको छ हिमाल, कीर्तिपुरबाट देखिएको दृश्य

काठमाडौं । आज लक्ष्मीपूजा। साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ।

Tata
GBIME
Nepal Life

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।

यसैक्रममा आज काठमाडौं उपत्यकाको मौसम सफा हुँदा दिनभर हिमाल देखिएको थियो।

साँझ लक्ष्मीपूजाको झिलिमिलीसँगै हिमाल पनि टल्किरहेको देखिएको छ।