काठमाडौं। तिहार अन्तर्गत आज कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। आज घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।
कुकुर तिहारको अवसरमा भक्तपुरको सानोथिमि स्थित भैरव बाहन गुल्ममा तालिम प्राप्त कुकुरहरुको पूजा गरिएको छ।

हाल नेपाली सेनामा जर्मन सेफर्ड, लेब्राडोर, गोल्डेन रिट्रिभर, ककर स्पानियल, बेल्जियम मेलोनाइज प्रजातिको तालिम प्राप्त कुकुर छन्।

यी कुकुरहरु स्निफिङ, खोज तथा उद्धार, ट्रयाकिङ, पेट्रोलिङमा प्रयोग भइरहेका छन्। यस्तै, अति विशिष्ट सहभागी हुन कार्यक्रमा पनि यी कुकुरको प्रयोग गरिन्छ।








