BIZMANDU
www.bizmandu.com

जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिमा नेपाल रिइन्स्योरेन्सले भुक्तानी गर्‍यो १.५ अर्ब दाबी

२०८२ कात्तिक २

जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिमा नेपाल रिइन्स्योरेन्सले भुक्तानी गर्‍यो १.५ अर्ब दाबी
जेनजी आन्दोलनमा भएको सम्पत्ति क्षतिमा नेपाल रिइन्स्योरेन्सले भुक्तानी गर्‍यो १.५ अर्ब दाबी


काठमाडौं। भदौ २४ गत‍े जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण इन्स्योरेन्स कम्पनीमा परेको बीमा दाबीमध्ये नेपाल रिइन्स्योरेन्सले १.५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले असोज मसान्तसम्म यो रकम भुक्तानी गरेको हो। नेपाल रिले तिहारअघि २ अर्ब रुपैयाँ भुक्तानी गर्ने जनाएको छ।

जेनजी आन्दोलनका कारण डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँको बीमा दाबी परेकामा आधाभन्दा बढी दायित्व नेपाल रिइन्स्योरेन्समा छ।

नेपाल रिमा एक दर्जन निर्जीवन बीमा कम्पनीले दाबी पेस गरेका छन्। इन्स्योरेन्सले केही जोखिम आफूले लिएर बाँकी दायित्व रिइन्स्योरेन्सलाई गर्ने गरी प्रिमियम हस्तान्तरण गर्छन्।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया हाउस, युलेन्स स्कुल, सीजी इम्पेक्स, युनाइटेड डिष्टिब्युटर्स, राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको १८ किलो सुन, पोखराको बगैंचा होटेल र होटल सरोबरको पुनर्बीमा दाबी नेपाल रिमा परेको छ। जसका कारण कम्पनीको दायित्व बढेको हो।

दाबी भुक्तानीका लागि तरलताको समस्या नभएको कम्पनीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा भएको क्षतिबाट अहिलेसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १६३ वटा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले कुल दाबीमध्ये १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेका छन्।