BIZMANDU
www.bizmandu.com

क्यानको बबरमहलस्थित एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई, बोर्ड बैठकबाट निर्णय

२०८२ कात्तिक २

क्यानको बबरमहलस्थित एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई, बोर्ड बैठकबाट निर्णय
क्यानको बबरमहलस्थित एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई, बोर्ड बैठकबाट निर्णय

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बबरमहलस्थित आफ्नो एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणको सञ्चालक समिति बैठकले अदालतलाई भवन दिने निर्णय गरेको हो। अदालतसँग करार गरी भवन दिने निर्णय गरेको क्यानका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए।

सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गरेको निर्णयमा क्यानकी अध्यक्ष समेत रहेको प्रधानमन्त्री सुशीला कार्कीले आइतबार हस्ताक्षर गरेकी छन्।

‘२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको। सम्मानित सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत भवन जिल्ला अदालत काठमाडौंलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ब्लक बी भवन दुई पक्ष (काठमाडौं जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौं जिल्ला अदालतका सेवा सञ्चालन गर्न दिने,’ निर्णयमा भनिएको छ।