BIZMANDU
www.bizmandu.com

सुनको मूल्य प्रति तोला ४ हजार ८ सय रुपैयाँ घट्यो, धनतेरसपछि चाँदी पनि सस्तियो

२०८२ कात्तिक २

सुनको मूल्य प्रति तोला ४ हजार ८ सय रुपैयाँ घट्यो, धनतेरसपछि चाँदी पनि सस्तियो
सुनको मूल्य प्रति तोला ४ हजार ८ सय रुपैयाँ घट्यो, धनतेरसपछि चाँदी पनि सस्तियो

काठमाडौं। धनतेरसपछि सुनको भाउ घटेको छ। साताको पहिलो दिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

आइतबार सुन प्रति तोला २ लाख ५३ हजार २०० रुपैयाँ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन तोलामा ७ हजर १०० रुपैयाँ बढेर हालसम्मकै उच्च प्रति तोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो।

शनिबार धनतेरसको दिन यहि मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबार घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँ घटेर प्रति तोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४२४९.९४ डलर र चाँदी प्रतिऔंस ५१.९१ डलर छ।