BIZMANDU
www.bizmandu.com

क्वालिटी कन्फेक्सनरीले ल्यायो थन्डर नट्स पिनट्स वेफर, मूल्य २० रुपैयाँ

२०८२ असोज ३१

क्वालिटी कन्फेक्सनरीले ल्यायो थन्डर नट्स पिनट्स वेफर, मूल्य २० रुपैयाँ
क्वालिटी कन्फेक्सनरीले ल्यायो थन्डर नट्स पिनट्स वेफर, मूल्य २० रुपैयाँ


विराटनगर । तीन दशकदेखि विभिन्न प्रकारका कन्फेक्सनरी उत्पादन गरिरहेको काबरा ग्रुपको क्वालिटी कन्फेक्सनरी उद्योगले बदाम (पिनट) मिश्रित वेफर बजारमा ल्याएको छ।

Vigo
GBIME
Tata

उद्योगले वेफरको बढ्दो बजार र मागसँगै थन्डर नट्स ब्रान्डमा २६ ग्रामको प्याकिङमा वेफरको उत्पादन सुरु गरेको हो। खुद्रा बिक्री मूल्य प्रतिगोटा २० रुपैयाँ कायम गरिएको यस उत्पादनमा बदामको अंश ६ ग्राम छ।

उद्योगका निर्देशक श्रीधर काबराले एक वेफर नै खाजाका लागि पर्याप्त हुने र यसले शरीरमा तत्काल अतिरिक्त शक्ति र ऊर्जा प्रदान गर्ने दाबी गरे। काबराले विशेषतः खेलकूद, पदयात्रा, हिमाल आरोहण, लगायतका बढी थकान हुने क्षेत्रका सहभागीलाई थन्डर नट्स वेफर उपयोगी हुने उल्लेख गरे।

उनले यो वेफर देशभरिका मुख्य बजारमा उपलब्ध हुने जानकारी दिए। यो उत्पादन नेपालका लागि नयाँ भएको र यसको निर्यातका लागि प्रक्रिया सुरु गरिएको उनको भनाइ छ।