काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तिया संस्थाका कर्मचारीलाई प्रभु बैंकले सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने भएको छ। यसबारे दुई पक्षबीच एक सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकको सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्ने विश्वास प्रभु बैंकले लिएको छ।