काठमाडौं । सुनको मूल्य आज तोलामा ७ हजार १०० रुपैयाँले बढेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रति तोला २ लाख ५० हजार ९०० रुपैयाँ थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेर प्रति तोला ३ हजार ३५० रुपैयाँ भएको छ। बिहीबार चाँदी प्रति तोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ महंगो हुँदा कारोबार कम हुने भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर हालसम्मै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन प्रतिऔंस ४३७७.८५ डलर रहेको छ। चाँदी प्रतिऔंस ५४.४४ डलर रहेको छ। बिहीबार सुन प्रतिऔंस ४२३३.४१ डलर र चाँदी ५३.०६ डलर थियो।