BIZMANDU
www.bizmandu.com

सिटिजन्स् बैंकका ग्राहकले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा छुट पाउने

२०८२ असोज ३१

सिटिजन्स् बैंकका ग्राहकले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा छुट पाउने
सिटिजन्स् बैंकका ग्राहकले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा छुट पाउने

काठमाडौं। सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना ग्राहकका लागि विशेषज्ञ उपचार सेवामा छुट दिने गरी अस्पतालसँग सम्झौता गरेको जनाएको छ।

सम्झौताअनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले अस्पतालका सेवामा १५ प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू संचालनमा ल्याउँदै आएको जनाएको छ।