काठमाडौं। सुनको मूल्य बढेर नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ।
बिहीबार सुन तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो। बुधबार सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार सुन प्रति तोला २ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ९५ रुपैयाँ घटेर प्रति तोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४२३३.४१ डलर छ। चाँदी प्रति औंस ५३.०८ डलर रहेको छ।