काठमाडौं। स्कोडा र फोल्क्सवागनले भारतमा जेएसडब्लू ग्रुपसँग मिलेर गाडी उत्पादन गर्ने योजना बनाएका छन्।
जेएसडब्लूसँग मिलेर स्कोडा र फोल्क्सवागनले भारतीय बजारमा नेक्स्ट जेजेरेसनको एसयूभी निर्माण गर्ने योजना अगाडि बढाएका भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
यसमा इन्धन, हाइब्रिड र इलेक्ट्रिक सबै खाले गाडी उत्पादन हुनेछन्। जसका लागि १ अर्ब युरो लगानी आवश्यक पर्छ। यो लगानी जुटाउन स्कोडा फोल्क्सवागन इन्डियाले स्थानीय पार्टनर खोजेको हो। जेएसडब्लू अहिले एमजी इन्डियाका लागि पनि स्थानीय पार्टनर हो।
गाडी सीएमपी-२१ प्लेटफर्ममा उत्पादन गर्ने योजना छ। जोइन्ट भेन्चरमा बनाउने एसयूभी २०२७ को मध्यतिर बजारमा आउनेछ।
तर, अहिलेसम्म डिल क्लोज्ड भइसकेको छैन। सम्झौता भएमा भारतमा जेएसडब्लूको वित्तीय र बलियो औद्योगिक पृष्ठभूमिले स्कोडा-फोल्क्सवागनको बजार विस्तारमा सहयोग पुग्नेछ।