BIZMANDU
www.bizmandu.com

बीवाइडीको एटो-१ गाडीलाई टाइम म्यागजिनले राख्यो ‘बेस्ट इन्भेन्सन अफ २०२५’मा

२०८२ असोज २८

बीवाइडीको एटो-१ गाडीलाई टाइम म्यागजिनले राख्यो ‘बेस्ट इन्भेन्सन अफ २०२५’मा
बीवाइडीको एटो-१ गाडीलाई टाइम म्यागजिनले राख्यो ‘बेस्ट इन्भेन्सन अफ २०२५’मा

काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीको सिगल अर्थात एटो-१ गाडी टाइम म्यागजिनको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा परेको छ।

Tata
GBIME
Nepal Life

केही समय अगाडि ‘वर्ल्ड अर्बन कार’को अवार्ड जितेको एटो-१ लाई अहिले टाइम म्यागजिनले अफोर्डेबल इभीमा राखेको हो।

एटो-१ नेपाली बजारमा गत साउनमा नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरिएको थियो। यसलाई कम्पनीले इन्ट्री लेभल, किफायती र पर्फेक्ट सिटी कारका रुपमा बिक्री गर्दै आएको छ।

यस्तै बीएमडब्लूको आईएक्स-३ गाडी नेक्स्ट जेन इलेक्ट्रिक एसयूभीमा परेको छ।