BIZMANDU
www.bizmandu.com

मर्सिडिजको जी क्लासको डिजल भर्सन ४५० डी भारतीय बजारमा सार्वजनिक, मूल्य २.९ करोड भारु

२०८२ असोज २८

मर्सिडिजको जी क्लासको डिजल भर्सन ४५० डी भारतीय बजारमा सार्वजनिक, मूल्य २.९ करोड भारु
मर्सिडिजको जी क्लासको डिजल भर्सन ४५० डी भारतीय बजारमा सार्वजनिक, मूल्य २.९ करोड भारु

काठमाडौं। मर्सिडिजको जी क्लासको डिजल भर्सन ४५० डी भारतीय बजारमा सार्वजनिक गरिएको छ। मर्सिडिज बेन्ज इन्डियाले गाडीको मूल्य २ करोड ९० लाख भारु राखेको छ।

Tata
GBIME
Nepal Life

यो गाडी भारतका लागि पहिलो चरणमा ५० युनिट मात्रै छुट्याइएको छ।

कम्पनीले यसअघि जी क्लासको इलेक्ट्रिक र पेट्रोल भर्सन ल्याएको थियो। डिजल भर्सन इलेक्ट्रिकभन्दा ३० लाख रुपैयाँ सस्तो छ।

डिजल भर्सनको जी क्लास ४५० डीमा ३६७ हर्सपावर क्षमताको माइल्ड हाइब्रिड इन्जिन उपलब्ध छ। यसमा भएको ४८भी माइल्ड हाइब्रिड सिस्टमले २० हर्सपावर बुस्ट पावर प्रदान गर्न सक्छ।

गाडीको इन्जिनले ७५० एनएम टर्क उत्पादन गर्न सक्छ। यसको टप स्पिड २१० किलोमिटर प्रति घन्टा हो। जसलाई शुन्यदेखि १०० किलोमिटर प्रति घन्टाको रफ्तारमा पुग्न जम्मा ५.८ सेकेन्ड लाग्छ।

गाडीमा २४१ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। जुन अफरोड ड्राइभका लागि अब्बल मानिन्छ। गाडीमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन उपलब्ध छ।