BIZMANDU
www.bizmandu.com

मकवानपुरको अकबरे खुर्सानी खान अयोग्य, प्रयोगशालामा परीक्षण गर्दा भेटियो ५४% विषादी

२०८२ असोज २७

मकवानपुरको अकबरे खुर्सानी खान अयोग्य, प्रयोगशालामा परीक्षण गर्दा भेटियो ५४% विषादी
मकवानपुरको अकबरे खुर्सानी खान अयोग्य, प्रयोगशालामा परीक्षण गर्दा भेटियो ५४% विषादी

काठमाडौं। हरिया तरकारीमा विषादीको प्रयोग बढ्न थालेको छ। कालीमाटी तरकारी बजारमा भित्रिएका हरिया तरकारीमा विषादीको मात्रा धेरै भएको भेटिएको हो।

Tata
GBIME
Nepal Life

सोमबार केन्द्रीय कृषि प्रयोगशालामा परीक्षण गर्दा मकवानपुरमा उत्पादन गरिएको अकबरे खुर्सानीमा तोकिएको भन्दा बढी मात्रामा विषादी भेटिएको कालीमाटी तरकारी बजारले जनाएको छ।

अकबरे खुर्सानीमा ५४ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो। तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको खण्डमा त्यसलाई खान अयोग्य मानिन्छ।

५ दिनअघि काठमाडौं, धादिङ र मकवानपुरमा उत्पादन भएको काउली, घिरौला र काक्रोमा पनि बढी मात्रामा विषादी भेटिएको थियो।

यतिबेला अबकरे खुर्सानीको सिजन चलिरहेको छ। कालीमाटी बजारमा प्रति केजी १०० देखि १५० रुपैयाँ छ। पछिल्लो समय अकबरे खुर्सानी अचार बनाउनका लागि धेरै प्रयोग हुने गरेको छ।