BIZMANDU
www.bizmandu.com

डोङफेङ नामी नेपालमा १६ महिनामा एक हजार युनिट बिक्री, एमएडब्लूले गर्‍यो ‘सेलिब्रेसन’

२०८२ असोज २६

डोङफेङ नामी नेपालमा १६ महिनामा एक हजार युनिट बिक्री, एमएडब्लूले गर्‍यो ‘सेलिब्रेसन’
डोङफेङ नामी नेपालमा १६ महिनामा एक हजार युनिट बिक्री, एमएडब्लूले गर्‍यो ‘सेलिब्रेसन’

काठमाडौं। चिनियाँ ब्रान्ड डोङफेङ नामी गाडीले नेपालमा १ हजार युनिटको माइलस्टोन पार गरेको छ।

Tata
GBIME
Nepal Life

डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स(एमएडब्लू)ले एक हजार युनिट गाडी बिक्री भएको अवसरमा आइतबार खुशियाली मनाएको छ। कम्पनीले केक काटेर ‘सेलिब्रेसन’ गरेको हो।

नामी नेपाली बजारमा १६ महिना अगाडि इन्ट्री भएको थियो। नेपाली बजारमा नामीका दुई वटा मोडलका गाडी उपलब्ध छन्। नामी बक्स ह्याचब्याक कारले १ हजार युनिटको सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

कम्पनीले मेगा एक्सचेन्ज क्याम्प पनि संचालन गरेको थियो। मेलामा ग्राहकले उत्साहजनक उपस्थिति जनाएको कम्पनीले जनाएको छ।