BIZMANDU
www.bizmandu.com

टाटा गाडीका शोरुममा सुरु भयो ‘धनतेरस उत्सव’, ग्राहकलाई छुटका साथै असर्फी जित्ने मौका

२०८२ असोज २६

टाटा गाडीका शोरुममा सुरु भयो ‘धनतेरस उत्सव’, ग्राहकलाई छुटका साथै असर्फी जित्ने मौका
टाटा गाडीका शोरुममा सुरु भयो ‘धनतेरस उत्सव’, ग्राहकलाई छुटका साथै असर्फी जित्ने मौका

काठमाडौं। टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले ग्राहकले आकर्षक अफरका साथै बम्पर उपहारमा सुनको असर्फी जित्ने मौकासहित धनतेरस टाटा उत्सव’ कार्यक्रम आइतबार सुरु गरेको हो।

यो कार्यक्रम देशभर रहेका आफ्ना शोरुममा सुरु गरिएको कम्पनीले जनाएको छ। कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत ग्राहकले टाटा टियागो इभी, पंच इभी, नेक्सन के३ इभी र कर्भ इभी खरिद गर्दा छुटका साथै उपहार पाउनेछन्।

कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री
एक्सेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री इम्बोस्ड नम्बर प्लेट, फ्री होम चार्जिङ इन्स्टलेसन
लगायत सुविधा ग्राहकहरुले प्राप्त गर्न सक्नेकम्पनीले जनाएको छ।