कञ्चनपुर। करिब २९ लाख रूपैयाँ बराबरको पटकासहित एकजना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-३ बस्ने ४९ वर्षीय खडक पाल उक्त परिमाणको विभिन्न प्रकारका पटका सहित शनिबार बेलुकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पटका फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।