काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन्।
बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पद कायम गरेको हो। आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा नै थिए।
बैंकको साधारण सभाबाट आगामी ४ वर्षका लागि संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।