काठमाडौं । अन्तरिम सरकार घोषणासँगै फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा भयो। त्यससँगै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुलायो।
अहिले नामावली संकलनको कार्यलाई तिब्रता दिएको छ। काठमाडौं सहित देशभर विभिन्न स्थानमा मतदाता नामावली संकलन भइरहेको छ।
आयोगले तय प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गरिरहेको छ। आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपालीले नागरिकताको प्रमाणपत्रसहित प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउन सक्नेछन्। मतदानमा भने १८ वर्ष पूरा भएकाले मात्र सहभागी हुन पाउनेछन्।

नयाँ बानेश्वर स्थित सडक डिभिजन कार्यालयमा पनि मतदानका लागि नामावली संकलन भइरहेको छ।







