BIZMANDU
www.bizmandu.com

बिचौलियाको स्वार्थमा निर्णय गरेका बराल नेपाल पुनर्बीमा कम्पनीबाट आउट, खनालले पठाए लम्साल

२०८२ असोज २४

बिचौलियाको स्वार्थमा निर्णय गरेका बराल नेपाल पुनर्बीमा कम्पनीबाट आउट, खनालले पठाए लम्साल
बिचौलियाको स्वार्थमा निर्णय गरेका बराल नेपाल पुनर्बीमा कम्पनीबाट आउट, खनालले पठाए लम्साल


काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि फेरेका छन्।

Tata
GBIME

यसअघिका अर्थमन्त्री विष्णु पौडेलले बिचौलियाको स्वार्थमा काम गर्ने सहसचिव महेश बराललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बनाएकामा उनको ठाउँमा अमृत लम्साललाई पठाइएको छ।

अर्थमन्त्री रामेश्वर खनालले बराललाई फिर्ता बोलाएर लम्साललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक बनाएका हुन्। लम्साल अहिले भन्सार विभागको उपमहानिर्देशकका रुपमा कार्यरत छन्।

बिचौलिया समूहको स्वार्थमा काम गरेको पाएपछि अर्थमन्त्री खनालले बराललाई यसअघि नै अर्थ मन्त्रालयबाट आउट गरिसकेका छन्।

यसअघि मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखामा कार्यरत बराललाई अर्थमन्त्री खनालले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाएका छन्।

बरालले यसअघिका अर्थमन्त्री खनालले नेपाल रिको सञ्चालक नियुक्त गरेको दोस्रो दिन नै बिचौलिया व्यापारी दीपक भट्टको योजना अनुसार हकप्रद सेयर निष्कासनको निर्णय गराएका थिए। अर्थमन्त्री खनालले त्यो निर्णय कार्यान्वयन नगर्न अर्थमन्त्री खनालले यसअघि नै निर्देशन दिइसकेका छन्।