BIZMANDU
www.bizmandu.com

बाँकेमा प्रहरीको जुवा अपरेशनमा सई नै परे फन्दामा, खालमा भेटियो १३ लाख रुपैयाँ

२०८२ असोज २४

बाँकेमा प्रहरीको जुवा अपरेशनमा सई नै परे फन्दामा, खालमा भेटियो १३ लाख रुपैयाँ
बाँकेमा प्रहरीको जुवा अपरेशनमा सई नै परे फन्दामा, खालमा भेटियो १३ लाख रुपैयाँ


काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले जुवा खाल लक्षित अपरेसन चलाउँदा प्रहरीदेखि नेतासम्म पक्राउ परेका छन्।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले जुवा खेल्दै गरेको अवस्थामा वरिष्ठ सईसहित १४ जना पक्राउ गरेको हो।।

नेपालगंजको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका वरिष्ठ सई शाही कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत छन्।

त्यस्तै, पक्राउ पर्नेमा नेपालगंज ४ का पूर्व वडा अध्यक्ष मो. सफिफ बेहना, विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी छन् । विज्ञान भने रेष्टुरेन्टका मालिक हुन्।

उनीहरुको साथबाट प्रहरीले १३ लाख ६३ हजार ८ सय रुपैयाँ बरामद गरिएको छ।