BIZMANDU
www.bizmandu.com

गाँजा सेवन गरेका डा. निकोलस भुसाललाई प्रहरीले लगायो परिवारको जिम्मा, रिह्यावमा राख्ने सर्त

२०८२ असोज २३

गाँजा सेवन गरेका डा. निकोलस भुसाललाई प्रहरीले लगायो परिवारको जिम्मा, रिह्यावमा राख्ने सर्त
गाँजा सेवन गरेका डा. निकोलस भुसाललाई प्रहरीले लगायो परिवारको जिम्मा, रिह्यावमा राख्ने सर्त

काठमाडौं। आन्दोलनका लागि उक्साएको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

Tata
GBIME

बिहीबार माइतीघरबाट भुसाल पक्राउ परेका थिए।

पक्राउपछिको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पाइएपछि रिह्यावमा राख्ने सल्लाह अनुसार प्रहरीले परिवारको जिम्मा लगाएको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि समूहले आन्दोलनका लागि अनुमति लिएका थिएनन्। अनुमति लिएको एक समूहले समेत आन्दोलन फिर्ता गरिसकेको थियो।

तर, भुसाल लगायतले सोही आवरणमा मान्छे जम्मा गरेर आन्दोलन गर्न उक्साएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य परीक्षण भएको हो।