BIZMANDU
www.bizmandu.com

गुण्डुमा ओलीको पुरानै शैली : पार्टीको कार्यक्रममा सहभागी, सुरक्षा व्यवस्था कडा

२०८२ असोज २३

गुण्डुमा ओलीको पुरानै शैली : पार्टीको कार्यक्रममा सहभागी, सुरक्षा व्यवस्था कडा
गुण्डुमा ओलीको पुरानै शैली : पार्टीको कार्यक्रममा सहभागी, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।

Tata
GBIME
Nepal Life

त्यसक्रममा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने माग राखेका थिए। उनले यस विषयमा कांग्रेस पनि सहमत हुनेमा विश्वास व्यक्त गरेका छन्।

ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताएका छन्।

‘यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ। लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ। सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा राखेका थिए।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्ने बताएका थिए।