BIZMANDU
www.bizmandu.com

जलेको भवनमा कांग्रेसको पदाधिकारी बैठक सुरु, शेखर कोइराला पनि सहभागी

२०८२ असोज २३

जलेको भवनमा कांग्रेसको पदाधिकारी बैठक सुरु, शेखर कोइराला पनि सहभागी
जलेको भवनमा कांग्रेसको पदाधिकारी बैठक सुरु, शेखर कोइराला पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

Tata
GBIME
Nepal Life

जेनजी प्रदर्शनपछि पहिलोपटक सानेपास्थित कार्यालयमा पदाधिकारी बैठक बसेको हो।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मासँगै पदाधिकारी संलग्न छन्।

पदाधिकारी बैठक नेता शेखर कोइराला पनि छन्। संस्थापन इतरका उनी पदाधिकारी होइनन्।

आजको बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन्। उनी जेनजी प्रदर्शनपछि एक महिनादेखि सार्वजनिक भएका छैनन्।