BIZMANDU
www.bizmandu.com

माइतीघरमा बढाइयो प्रहरीको उपस्थिति, प्रदर्शन गर्न पुगेका केही व्यक्ति नियन्त्रणमा

२०८२ असोज २३

माइतीघरमा बढाइयो प्रहरीको उपस्थिति, प्रदर्शन गर्न पुगेका केही व्यक्ति नियन्त्रणमा
माइतीघरमा बढाइयो प्रहरीको उपस्थिति, प्रदर्शन गर्न पुगेका केही व्यक्ति नियन्त्रणमा

काठमाडौं । जेनजी प्रदर्शनको एक महिना भएको छ। चुनाव घोषणा भइसक्दा पनि थरीथरीका जेनजी समूहका विभिन्न मागका कारण अन्तरिम सरकारले सुरक्षा चुनौती बढेको महसुस गरेको छ। जसकारण प्रहरीले सतर्कता बढाएको छ।

Tata
GBIME
Nepal Life

आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माइतीघरमा आज प्रदर्शन गर्ने भन्दै एक जेनजी समूहले अनुमति मागेको थियो। पछि उनीहरुले सुरक्षा संवेदनशिला भन्दै आजको कार्यक्रम स्थगित गरेका थिए।

विभिन्न जेनजी समूह प्रत्यक्ष कार्यकारीदेखी राजसंस्थाकै मागमा सडकमा ओर्लिने तयारी गरिरहेका छन्।

प्रहरीले अहिले माइतीघरमा पहिलादेखि नै विरोधमा बसेका एक प्रदर्शनकारी बाहेक अन्यलाई कुनै प्रकारको सभा गर्न दिएको छैन। माइतीघर क्षेत्रमा प्रहरीको उपस्थिति पनि बढाइको छ।