BIZMANDU
www.bizmandu.com

एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज कार्निभल २४ गतेदेखि, नयाँ इभी लिन चाहनेलाई अफर

२०८२ असोज २२

एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज कार्निभल २४ गतेदेखि, नयाँ इभी लिन चाहनेलाई अफर
एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज कार्निभल २४ गतेदेखि, नयाँ इभी लिन चाहनेलाई अफर

काठमाडौं। एमएडब्लू वृद्धिले असोज २४ गतेदेखि देशव्यापीरुपमा मेगा एक्सचेन्ज कार्निभल गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका डिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकसाथ मेगा एक्सचेन्ज कार्निभल गर्ने भएको हो।

तीन दिनसम्म चल्ने मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर स्टाइलिस र एड्भान्स्ड इभी लिन सक्नेछन्। काठमाडौंमा ग्राहकले डिपल, अवतार, नामी र सेरेस ब्रान्डका गाडी एकै स्थानमा अवलोकनका साथै टेस्ट ड्राइभ गर्न पाउनेछन्।

ग्राहकले मेलामा देशका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीको मूल्यांकन गराइ एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन्।

मेलामा बुकिङ गर्ने हरेक ग्राहकको जोडीले नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टेको पनि अफर पाउनेछ।

काठमाडौंबाहिरका सोरुममा पनि एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर रहेको कम्पनीले जनाएको छ।