BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकहरूको औसत आधार दर ५.९४ प्रतिशत, ऋण लिन ब्याजदर कहाँ सस्तो?

२०८२ असोज २१

वाणिज्य बैंकहरूको औसत आधार दर ५.९४ प्रतिशत, ऋण लिन ब्याजदर कहाँ सस्तो?
वाणिज्य बैंकहरूको औसत आधार दर ५.९४ प्रतिशत, ऋण लिन ब्याजदर कहाँ सस्तो?

काठमाडौं। वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ५.९४ प्रतिशतमा झरेको छ। घटेको निक्षेपको ब्याजदरले लागत कम हुँदा वाणिज्य बैंकहरूको आधार दर घटेको हो।

Tata
GBIME
Nepal Life

ऋणको माग नभएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएपछि बैंकहरूले निक्षेपसँगै ऋणको ब्याजदर पनि आक्रामक रुपमा घटाएका छन्। यद्यपि, अहिले वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ४.०२ प्रतिशतमा आएको छ।

पछिल्लो २ वर्षयता वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा लागत कम भएको छ। निक्षेपको लागत कम भई आधार दर घटेर कर्जा सस्तिएको हो।

अहिले पुराना ऋणी र नयाँ लिनेहरूलाई कर्जा ब्याजदर कम हुन थालेको छ‌।

असोजमा २ वटा वाणिज्य बैंकको आधार दर ५ प्रतिशत तल झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ४.६० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७२ प्रतिशतमा झरेको छ।

त्यसैगरी, असोजमा ८ वटा वाणिज्य बैंकको बेसरेट ५ देखि ६ प्रतिशतसम्म छ। एभरेष्ट, नेपाल, ग्लोबल आइएमई, कृषि, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र माछापुच्छ्रे बैंकको बेस रेट ५ प्रतिशतदेखि ६ प्रतिशत छ।

असोजमा १० वाणिज्य बैंकहरूको आधार दर भने ६ देखि ७ प्रतिशतसम्म छ। एनआईसी एशिया बैंकको बेसरेट सबैभन्दा धेरै ६.९१ प्रतिशत छ।

नयाँ कर्जाको माग नरहेको र यसअघि लिएका कर्जा पनि असुल नभइरहेको अवस्थामा बाध्य भएर ब्याजदर घटाउनु परेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए।

‘ब्याजदर डिमान्ड एण्ड सप्लाईले तय गर्ने हो। अहिले कर्जाको माग बढेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदरमा पर्छ। ऋणीहरूले किस्ता तिर्न नसकेको बेलामा ब्याजदर सस्तो हुँदा उनीहरूलाई पनि सहज हुने देखिन्छ।’

नबिल बैंकका सीइओ मनोज ज्ञवालीले लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएकाले ब्याजदर घटिरहेको बताए।

‘लिक्विडिटी प्रशस्त छ। तरलता अधिक भएपछि ब्याजदर घटिहाल्छ,’ ज्ञवालीले भने।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, पछिल्लो समय निक्षेपको वृद्धि अनुरुप कर्जा बढ्न नसकेपछि बैंकहरूले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम कायम गरी कर्जा दिन थालेका छन्।

ऋणको माग नभएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। त्यही भएर बैंकको लागत घट्दा आधार दर कम हुँदै आइरहेको हो। घर तथा गाडी कर्जाको ब्याज दर निक्कै सस्तो भइसकेको छ।

नेपाल बैंकले घर गाडी कर्जा ५.९९ प्रतिशत ब्याजदरमा दिइरहेको छ। अन्य बैंकहरूले समेत ६/७ प्रतिशत ब्याजदरमा यस्तो कर्जा दिइरहेका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम छ भने सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ६.९१ प्रतिशत छ। अहिले कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशतमा आएको छ।

कुन बैंकको आधार दर कति?

बैंकहरू२०८२ असोजबाट लागू हुने२०८१ असोजको आधार दर२०८० असोजको आधार दर
स्ट्याण्डर्ड चार्टर्ड४.६० ५.७१८.४२
राष्ट्रिय वाणिज्य४.७२६.०५८.३२
एभरेष्ट५.०५६.५८९.७
नेपाल५.३९६.७२९.१९
ग्लोबल आइएमई५.४९७.२३१०.०२
कृषि५.५५७.०७१०.३८
नबिल५.६७६.७५९.५७
नेपाल इन्भेष्टमेन्ट५.७८७.०८९.९५
सानिमा५.८६७.२४९.७५
माछापुच्छ्रे५.९६७.५८९.८१
एनएमबि६.०२७.४३९.५७
नेपाल एसबिआइ६.०६७.५३१०.०९
सिद्धार्थ६.०९७.५७९.५३
सिटिजन्स६.१९७.९२१०.६
लक्ष्मी सनराइज६.२१७.७९१०.८
प्रभु६.१६७.६५१०.१४
कुमारी६.२२७.४८१०.९१
हिमालयन६.३१८.०६१०.८५
प्राइम६.४०७.९२१०.६४
एनआईसी एशिया६.९१ ८.३७१०.५६
स्रोत: वाणिज्य बैंक