BIZMANDU
www.bizmandu.com

तालिबानले अफगानिस्तानमा गर्‍यो इन्टरनेट बन्द, देशभर टेलिकम सेवा पनि ठप्प

२०८२ असोज १४

तालिबानले अफगानिस्तानमा गर्‍यो इन्टरनेट बन्द, देशभर टेलिकम सेवा पनि ठप्प
तालिबानले अफगानिस्तानमा गर्‍यो इन्टरनेट बन्द, देशभर टेलिकम सेवा पनि ठप्प

तालिवानले अफगानिस्तानमा टेलिकम सेवा बन्द गरिदिएको छ। यस्तै देशभर इन्टनेट सेवा पनि ठप्प भएको छ। केही साता अघि तालिवानले ‘अनैतिकता रोक्ने’ भन्दै उत्तरी प्रान्तमा फाइबर अप्टिक इन्टरनेट कनेक्सन पनि काट्न सुरु गरेको थियो।

Tata
GBIME
Nepal Life

हाल अफगानिस्तानमा इन्टरनेट कनेक्टिभिटी पूरा रुपमा ‘ब्ल्याकआउट’को अवस्थामा रहेको इन्टरनेट निगरानी गर्ने संस्था नेटब्लक्सले उल्लेख गरेको बीबीसीले जनाएको छ।

समाचार एजेन्सी एपीले काबुलस्थित आफ्नो कार्यालयसँग सम्पर्क टुटेको जनएको छ। मोबाइल फोन सेवाले पनि काम नगरेको जनाइएको छ।

सन् २०२१ मा अमेरिकाले हात झिकेपछि तालिबानले अफगानिस्तानमा शासन फिर्ता लिएको थियो। त्यसपछि तालिबानले फेरि आफू अनुकूल कानुनहरु लागू गर्दै गइरहेको छ।