BIZMANDU
www.bizmandu.com

नेपाल पे क्यूआरसँगको सहकार्यमा भाटभटेनीमा डिजिटल दसैं अफर, स्कुटर र कार जित्ने अवसर

२०८२ असोज १३

नेपाल पे क्यूआरसँगको सहकार्यमा भाटभटेनीमा डिजिटल दसैं अफर, स्कुटर र कार जित्ने अवसर
नेपाल पे क्यूआरसँगको सहकार्यमा भाटभटेनीमा डिजिटल दसैं अफर, स्कुटर र कार जित्ने अवसर

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्यूआरको सहकार्यमा ‘डिजिटल दशैं’ अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

अफर अन्तर्गत ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा नेपालपे क्यूआर स्क्यान गरि भुक्तानी गर्दा आकर्षक उपहारहरु जित्न सक्ने जनाइएको छ।

ग्राहकहरुले भाटभटेनीको प्रत्येक आउटलेटमा टीभीएस जुपिटर स्कुटर जित्न सक्नेछन्। यस्तै, बम्पर अफरमा एक जनाले लक्की ड्र मार्फत टाटा पन्च इभी जित्न सक्नेछन्।

यही असोज ६ गतेबाट पुस १७ गते सम्म भाटभटेनीमा नेपालपे क्यूआर मार्फत किनमेल गर्ने सबै ग्राहकहरु प्रत्येक आउटलेटबाट एक एक थान स्कुटर जित्नका लागि योग्य हुने जनाइएको छ। ‍यस्तै, असोज ६ गतेबाट फागुण ३० गतेसम्म नेपालपे क्यूआर स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरु टाटा पन्च इभी गाडी जित्नका लागि योग्य हुने जनाइएको छ।

स्कुटर तथा गाडीका विजेताहरु भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गरिनेछ।