BIZMANDU
www.bizmandu.com

देउवाका साला भूषण राणाको घरमा किन पुग्यो सिआइबीको टोली

२०८२ असोज १२

देउवाका साला भूषण राणाको घरमा किन पुग्यो  सिआइबीको टोली
देउवाका साला भूषण राणाको घरमा किन पुग्यो सिआइबीको टोली


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण आर‍‍‍ोपमा अनुसन्धान भइरहँदा प्रहरी भूषण राणाको घरमा पुगेको छ। देउवाका साला राणाको जावलाखेलस्थित निवासमा पैसा लुकाएको सूचनापछि प्रहरी ट‍ोली पुगेको हो।

Tata
GBIME

राणासहितका परिवारका सदस्य फेला नपरेपछि घरमा रहेका कामदारसँग स‍ोधपुछ गरेर प्रहरी फर्किएको छ।

स्रोतका अनुसार राणा पछिल्ल‍ो एक महिनादेखि घरमा छैनन्। उनी भारतको दिल्लीमा रहेको पाइएको छ।

जेनजी आन्दोलनका क्रममा देउवा निवासमा भेटिएको भनिएको नोटको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ।

देउवा दम्पत्तिमाथि जारी अनुसन्धानका लागि सूचना प्राप्त हुने रणनीतिमा प्रहरीले राणाको घरमा पुगेको हो। देउवापत्नी आरजु भुटानी शरणार्थी प्रकरणमा जोडिए पनि अनुसन्धान भएको छैन। राजनीतिक शक्तिका आडमा प्रहरी यसअघि आरजुसम्म पुग्न सकेको थिएन।

नयाँ सरकार गठनसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रकरण अनुसन्धानका लागि सिआइबीलाई निर्देशन दिइसकेका छन्। राणाको घरमा प्रहरीले छापा मारेको विषय र विवरण भने बाहिर आइसकेको छैन।