BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल, कुलमानको भारत भ्रमण स्वीकृत

२०८२ असोज १२

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल, कुलमानको भारत भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठक

काठमाडौं। पत्रकार अजयभद्र खनाल प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकार नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले आफ्नो जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरेकी छन्।

बैठकले उर्जामन्त्री कुलमान घिसिङको आसन्न भारत भ्रमण स्वीकृत गरेको छ। कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को ८औं बैठकमा सहभागी हुन मन्त्रिपरिषद्ले कुलमानलाई स्वीकृति दिएको हो।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचय पत्र बनाएर उपचार सहज बनाउने निर्णयसमेत गरेको छ।