BIZMANDU
www.bizmandu.com

चितवनमा मालपोत र नापीलाई चार बैंकको सहयोग, दिए कार्यालय सञ्चालन गर्न आवश्यक सामग्री

२०८२ असोज १२

चितवनमा मालपोत र नापीलाई चार बैंकको सहयोग, दिए कार्यालय सञ्चालन गर्न आवश्यक सामग्री
चितवनमा मालपोत र नापीलाई चार बैंकको सहयोग, दिए कार्यालय सञ्चालन गर्न आवश्यक सामग्री

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका चितवनका मालपोत र नापी कार्यालयलाई चार बैंकले सहयोग गरेका छन्।

Tata
GBIME
Nepal Life

ती दुई कार्यालयलाई प्रभु र कुमारी बैंक तथा ज्योति विकास र सिन्धु विकास बैंकले संयुक्तरुपमा सहयोग गरेका हुन्। बैंकहरुले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्ची आइतबार हस्तान्तरण गरेका छन्।

प्रभु बैंकका तर्फबाट सांग्रिला श्रेष्ठ, कुमारी बैंकका तर्फबाट कृष्णप्रसाद शर्मा, ज्योति विकास बैंकका तर्फबाट दिलु सापकोटा र सिन्धु विकास बैंकका तर्फबाट रविन कुँवरले मालपोत कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद गौतम र नापी
कार्यालयका प्रमुख श्रीधन ढुंगानालाई हस्तान्तरण गरेका हुन्।