BIZMANDU
www.bizmandu.com

चार्जिङ स्टेसन उद्‍घाटन गर्दै कुलमानले भने- देशभित्र रोजगारी बढाउन इभीको प्रयोग बढाउनुपर्छ

२०८२ असोज १२

चार्जिङ स्टेसन उद्‍घाटन गर्दै कुलमानले भने- देशभित्र रोजगारी बढाउन इभीको प्रयोग बढाउनुपर्छ
चार्जिङ स्टेसन उद्‍घाटन गर्दै कुलमानले भने- देशभित्र रोजगारी बढाउन इभीको प्रयोग बढाउनुपर्छ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गाडी चार्जिङ स्टेसनमार्फत रोजगारीका अवसर बढाउन सकिने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आइतबार काठमाडौंको सामाखुशी लगायत देशका विभिन्न भागमा चेन्ज डिजिटलले खोलेको चार्जिङ स्टेसन उद्घाटन गर्दै चार्जिङ स्टेसन वरपर होटल, रेष्टुरेन्ट र कफीसप खोलेर रोजगारी बढाउन सकिने बताए।

‘चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्छ। त्यसैले चार्जिङ स्टसेन आसपास यात्रुलाई लक्षित गरी होटल, रेष्टुरेन्ट र कफीसप खोल्न सकिन्छ,’ उनले भने।

उनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिंदै त्यसले मुलुकको अर्थतन्त्रमा फाइदा पुग्ने बताए।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ। यस्तै निजी क्षेत्र मातहत करिब ८०० वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्।