BIZMANDU
www.bizmandu.com

सांग्रिला मोटर्सले लिपमोटर बी-१० एसयूभी ग्राहकलाई गर्न थाल्यो डेलिभरी

२०८२ असोज १२

सांग्रिला मोटर्सले लिपमोटर बी-१० एसयूभी ग्राहकलाई गर्न थाल्यो डेलिभरी
सांग्रिला मोटर्सले लिपमोटर बी-१० एसयूभी ग्राहकलाई गर्न थाल्यो डेलिभरी

काठमाडौं। बहुप्रतिक्षित लिपमोटर बी-१० गाडी नेपालमा डेलिभरी गर्न सुरु गरिएको छ।

Tata
GBIME
Nepal Life

आधिकारिक बिक्रेता कम्पनी सांग्रिला मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गरेका ग्राहकहरुलाई गाडी वितरण गर्न थालेको हो।

चीनबाट नेपाल आइपुगे लगत्तै गाडि डेलिभरी गर्न थालेको कम्पनीले जनाएको छ।

सांग्रिला मोटर्सले बी-१० गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेकामा नाइमा अटो शोमा ४९ लाख ९९ हजार र अर्को भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ राखिएको थियो।

लिपमोटर बी-१० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाटको ब्याट्री छ जसले एक पटकको चार्जमा ६०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

बी१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील छ।

गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) पनि छ। जसमा स्मार्ट पार्किङसहितका १६ वटा फङ्सन छन्।

सेन्टर कन्सोलमा दुईवटा वायरलेस चार्जिङ प्याड छन्। बी१० मा १.८३-वर्ग-मिटर सनरुफ र १२ स्पिकर छन्। यसको ग्राउन्ड क्लियरेन्स १८० एमएमको छ।