BIZMANDU
www.bizmandu.com

गृह मन्त्रालयको अनुरोध : चुनावको तयारी सुरु भयो, शान्ति सुरक्षा कायम राख्न सहयोग गर्नुस्

२०८२ असोज ११

गृह मन्त्रालयको अनुरोध : चुनावको तयारी सुरु भयो, शान्ति सुरक्षा कायम राख्न सहयोग गर्नुस्
गृह मन्त्रालयको अनुरोध : चुनावको तयारी सुरु भयो, शान्ति सुरक्षा कायम राख्न सहयोग गर्नुस्

काठमाडौं। गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

Tata
GBIME
Nepal Life

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको हो।

‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम संचालन गर्दा अहिंसात्मक हुने गरि शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरि गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ।’